Prakash k Poudel, Researcher

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, ईपीएस २५.७५ रुपैयाँ पुग्यो

२१ भाद्र २०८३, आईतवार ०६:५८

काठमाडौं । एक वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकको करपछिको नाफा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। बैंकले सार्वजनिक गरेको आषाढ २०८३ सम्मको लेखापरीक्षित वित्तीय विवरणअनुसार अघिल्लो...

पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२१ भाद्र २०८३, आईतवार ०६:५०

काठमाडौं। नेपालका पूर्व राष्ट्रपति तथा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले शिक्षा तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई ‘पीपी प्रसाई सम्मान पुरस्कार’ प्रदान गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा डा. यादवले देशका विभिन्न प्रदेशबाट छनोट...

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान पहिलो चरणको प्याकेज घोषणा

२० भाद्र २०८३, शनिबार २०:५८

काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरणको विशेष राहत प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मिति २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई दश प्रतिशत लाभांश प्रस्ताव

२० भाद्र २०८३, शनिबार २०:३५

काठमाडौं। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई दश प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सो मध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको...

भोटेकोशी बाढी : संयुक्त राष्ट्रसंघ र साझेदार निकायद्वारा ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको आकस्मिक अपिल

२० भाद्र २०८३, शनिबार १७:०८

“सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई सहयोग पुर्‍याउँदै ८४ हजारभन्दा बढी प्रभावितसम्म सहायता पुर्‍याउने लक्ष्य” काठमाडौँ– भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरूले आज...

एनभिडियाका सीईओ जेन्सेन हुआङद्वारा नेपालका बाढीपीडितलाई दश मिलियन डलर सहयोग

२० भाद्र २०८३, शनिबार ०३:५८

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ५३ करोड रुपैयाँ, नेपाली कर्मचारीहरूको पहलपछि सम्भव भएको सहयोग काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी NVIDIA का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १०...

एफवानसफ्ट ग्रुपद्वारा बाढीपीडितका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग

१९ भाद्र २०८३, शुक्रबार १९:०१

काठमाडौं। हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ। इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा...

रेडक्रस दाङद्वारा ६४औँ स्थापना दिवस सम्पन्न

१९ भाद्र २०८३, शुक्रबार १४:०४

दाङ। नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले शुक्रबार विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ। तुलसीपुरस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा उनको...

गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो बीस प्रतिशत लाभांश

१९ भाद्र २०८३, शुक्रबार १२:५६

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको ३५१औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र...