Business

लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा, १ करोड ३३ लाख कित्ता बोनस सेयर जारी गर्ने

१३ कार्तिक २०८३, बिहीबार २१:१८

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश...

१३१ प्रतिशतले बढ्यो सानिमा बैंकको खुद नाफा, खराब कर्जा घट्दा अधिकांश वित्तीय सूचकमा सुधार

१३ कार्तिक २०८३, बिहीबार २१:०३

काठमाडौं। सानिमा बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३१.१३ प्रतिशतले बढेको छ। बैंकले असोज मसान्तसम्म १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४५...

खर्च घटाउने रणनीतिमा एनआईसी एसिया, थप ७ शाखा समायोजनको तयारी

१३ कार्तिक २०८३, बिहीबार २०:५५

काठमाडौं। खर्च कटौती गर्दै वित्तीय अवस्था सुधार गर्ने रणनीतिअन्तर्गत एनआईसी एसिया बैंकले थप सातवटा शाखा कार्यालय बन्द गर्ने तयारी गरेको छ। बैंकले विभिन्न स्थानमा रहेका शाखालाई नजिकका अन्य शाखामा समायोजन गर्न लागेको हो। गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय...

नेप्सेमा ३३ अंकको वृद्धि, कारोबार रकम साढे ७ अर्ब नजिक

१२ कार्तिक २०८३, बुधबार १६:३८

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयरबजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढ्दै २६६४.०६ विन्दुमा पुगेको हो। बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको सेयरमूल्यमा वृद्धि भएको छ भने एउटा उपसमूहमा गिरावट...

गुराँस लघुवित्तको ११औँ साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

१२ कार्तिक २०८३, बुधबार ०५:३४

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा कात्तिक १०, २०८३ मा सम्पन्न साधारणसभाले सेयरधनीलाई दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर...

कुनाल कायलको अध्यक्षतामा नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

३ कार्तिक २०८३, सोमबार १४:२९

काठमाडौं। नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि...

मुक्तिनाथ विकास बैंकलाई फोनपे अनर्समा तीन अवार्ड

३० आश्विन २०८३, शुक्रबार ०५:२०

काठमाडौं । डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘फोनपे अनर्स’मा विकास बैंकतर्फ तीनवटा अवार्ड प्राप्त गरेको छ। फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर) र हाइएस्ट फोनपे क्यूआर...

नेपाली गहना व्यवसाय अब डिजिटल प्रणालीमा, ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

३० आश्विन २०८३, शुक्रबार ०५:१०

काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै...

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

२९ आश्विन २०८३, बिहीबार १५:२७

काठमाडौं। नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद...

ताजा समाचार