Economic News

आईएमई लाइफ इन्स्योरेन्सको २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१२ जेष्ठ २०८२, सोमबार ०३:११

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन...

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

६ जेष्ठ २०८२, मंगलवार ०५:०९

यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी)...

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीयसंस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण

१ जेष्ठ २०८२, बिहीबार १६:२४

सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा-(१७ (क)को नियम अनुसार सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका...

स्वास्थ्य बीमाको अनलाइन नवीकरण अब पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

२४ बैशाख २०८२, बुधबार १२:३१

काठमाडौं। स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै...

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “सी स्ट्राइक्स’’ च्याम्पियन

१७ बैशाख २०८२, बुधबार २१:४३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ। शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्यनेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोट स्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको...

प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राजेन्द्र मल्ल चयन

३ बैशाख २०८२, बुधबार १०:०२

प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। सोमबार सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा दोहोर्याएको हो। प्रभु इन्स्योरेन्सको सञ्चालक समिति सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भए। सर्वसाधरण सेयर धनीका तर्फबाट...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

२९ चैत्र २०८१, शुक्रबार १८:३२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री

१२ चैत्र २०८१, मंगलवार ०१:२८

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...

नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ

३ चैत्र २०८१, आईतवार १८:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन्। आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा...

ताजा समाचार