
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन।
कम्पनीले जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ।
सो सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।