स्वावलम्बन लघुवित्तले पाँच प्रतिशत लाभांश दिने, बोनस सेयर ४.७५ र नगद ०.२५ प्रतिशत


काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।

यसअनुसार संस्थाले ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।

लाभांश प्रस्ताव सार्वजनिक हुँदाका समयमा दोस्रो बजारमा संस्थाको सेयर अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ७०० रुपैयाँ १० पैसा रहेको छ।