एआईसम्बन्धी कार्यशालाको आज दाेश्राे दिन


काठमाडौं। औषधिको गुणस्तरीय प्रयोग मापन तथा औषधिसम्बन्धी सूचनामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे केन्द्रित कार्यशाला आयोजना काठमाडौंमा संचालन भईराखेको छ।

नोभेम्बर १९, २०२६ बिहीबारको कार्यक्रम तालिकाअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म ‘औषधिको गुणस्तरीय प्रयोग मापनलाई कसरी सुदृढ बनाउने’ विषयमा पहिलो कार्यशाला सञ्चालन हुनेछ। अध्ययनको ढाँचा र सूचकमा केन्द्रित उक्त सत्रको सहजीकरण क्याथलिन होलोवेले गर्नेछिन्। कार्यशाला रारा कक्षमा हुनेछ।

त्यसपछि बिहान ११ बजेदेखि ११ः३० बजेसम्म चिया विश्राम र ११ः३० देखि १२ः३० बजेसम्म एन्ड्रे एन्ड्राडेको सहजीकरणमा ‘एआई र औषधिसम्बन्धी सूचना’ विषयमा दोस्रो कार्यशाला सञ्चालन भयो।

दिउँसो १२ः३० देखि २ बजेसम्मको भोजन विश्रामपछि २ बजे स्वागत तथा परिचयात्मक सत्र सुरु हुनेछ। लिबी रफहेड र कादिर आलमको अध्यक्षतामा हुने उक्त सत्र नेपा धुकु कक्षमा सञ्चालन भयाे।

कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय (डब्लूआर) बाट मुख्य सम्बोधन हुने तालिकामा उल्लेख छ। त्यसैगरी, ल्यान्सेट आयोगका तर्फबाट फातिमा सुलेमानले लिबी रफहेडका लागि सम्बोधन गर्ने कार्यक्रम छ। भने ४ देखि ५ः१५ बजेसम्म कार्यगत सत्र सञ्चालन हुने तालिकामा उल्लेख छ।