नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार बिहान भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन्।
प्रधानमन्त्री शाह भारत भ्रमणका क्रममा राष्ट्रपति भवन पुग्दा भारतीय प्रधानमन्त्री मोदीले उनलाई न्यानो स्वागत गरेका हुन्। स्वागत समारोहमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान प्रदान गरिएको थियो।
सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय सुरक्षाकर्मीको सम्मान गारत (गार्ड अफ अनर) निरीक्षण गरेका थिए। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहको सम्मानमा राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरिएको हो।
नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले स्वागत गर्ने क्रममा दुवै देशबीचको परम्परागत कूटनीतिक आतिथ्य प्रदर्शन गरिएको छ।