२ मंसिर २०८१, आईतवार ०६:२०
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरितगृह ग्याँसको उत्सर्जनलगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राखेकी छिन् । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरूको...
१ मंसिर २०८१, शनिबार २१:५१
काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान...
१ मंसिर २०८१, शनिबार २१:२३
काठमाडौं : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता...
१ मंसिर २०८१, शनिबार १४:२२
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका...
१ मंसिर २०८१, शनिबार ०७:३०
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८...
३० कार्तिक २०८१, शुक्रबार ०८:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेपालका लागि प्रस्थान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको कोप–२९ उहाँ मा...
२९ कार्तिक २०८१, बिहीबार २१:३६
काठमाडौं। युरोपियन युनियन (इयु) ले लागूगर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरूपालना गर्नुपर्ने भएको छ। उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी...
२८ कार्तिक २०८१, बुधबार १९:५१
काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकुमा सोमबारदेखि शुरु भएको कोप २९ सम्मेलनका क्रममा बुधवार ...
२८ कार्तिक २०८१, बुधबार १०:२९
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा...