कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित


काठमाडौं, कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित भएका छन्।

लामो समय सम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी टेड युनियन महासंघले १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो।
कान्तिपुर सहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका राजकुमार सिक्देल, अन्नपूर्ण पोष्टकी राधा खनाल, राष्ट्रिय समाचार समितिका कमल कुमार बस्नेत, मेघा टेलिभिजनका कृष्ण नन्द भट्ट लगायतका संचारकर्मीलाई संयुक्त टेड्र युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा र समाजवादी टेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहालले सम्मानित गरेका हुन।

सो अवसरमा टेड युनियनका कमीहरुले नेपालमा श्रमिकको न्यूनतम ज्याला कम भएको भन्दै बढाउन सरकार संग माग समेत गरेका थिए ।