
काठमाडौं। प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरेका छन् ।
‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । बर्षाका कारण अहिले हिलामय बनेको छ।
१० बर्षौदेखी बनाउन शुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको बर्षौ भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।
यस्तै आजपा अध्यक्ष साहले हिजोराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए। बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ।
आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन्।
‘किसानको आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । बिधुतका पोल ढलेर बिधुत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ आजपा अध्यक्ष साहले भने ।