Economic Khabar

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक शुक्रबार डेङगी सङ्क्रमण विरुद्धका अभियान सञ्चालन गर्ने

१३ जेष्ठ २०८०, शनिबार १८:२३

ईकोनोमिक खबर, काठमाण्डौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी समय र अहिले पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै विभिन्न स्थानमा पानी जम्मा हुनाले लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो...

जेठ १५ गते देखि राष्ट्रिय ललितकला प्रदर्शनी

१३ जेष्ठ २०८०, शनिबार १७:४४

ईकोनोमिक खबर, काठमाडौं। ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गते देखि ३० गतेसम्म हुने भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा सम्पूर्ण तयारी भएको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी...

प्रभु बैंकका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिनआग्रह

१२ जेष्ठ २०८०, शुक्रबार ०९:५८

ईकोनोमिक खबर, काठमाण्डौं। प्रभु बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अब एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैकबाट...

हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण

११ जेष्ठ २०८०, बिहीबार २२:३१

ईकोनोमिक खबर, काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।  आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ । कलाकार प्रकाश बस्नेतका अनुसार दर्शकको चाहना...

४ हिमालमा ३४,१६६ के.जी.फोहोर संकलन

११ जेष्ठ २०८०, बिहीबार २२:२१

ईकोनोमिक खबर, काठमाडौं। नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आईपुगेको छ। विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै...

प्रतितोला एक हजार रुपैयाँले घटयो सुन

११ जेष्ठ २०८०, बिहीबार ११:३०

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।  गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

रूकुम पश्चिममा जीप दुर्घटना, ५ को अवस्था चिन्ताजनक

११ जेष्ठ २०८०, बिहीबार ११:२०

ईकोनोमिक खबर, काठमाण्डौं। रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ। सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद...

बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

११ जेष्ठ २०८०, बिहीबार १०:४०

ईकोनोमिक खबर, काठमाडौं। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय बर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।  जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत...

राष्ट्रिय क्रिकेट टिमका प्रति खेलाडीलाई एक लाख रुपैंया नगद 

१० जेष्ठ २०८०, बुधबार २२:४८

ईकोनोमिक खबर, काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ ।  हालै सम्पन्न एसीसी...