५ आश्विन २०८२, आईतवार २०:१६
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ। माननीय अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, माननीय गृहमन्त्री...
५ आश्विन २०८२, आईतवार १८:५८
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को बैठकले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवाको निर्णय गर्दै, प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
५ आश्विन २०८२, आईतवार १६:३९
काठमाडौं।आइतबार सेयर बजार परिसूचक नेप्से ४.४४ प्रतिशत (१११ अंक)ले बढेर छब्बीस सय विन्दु माथि आएको छ। बजार बन्द हुँदा नेप्से २६२३ विन्दुमा आएको हो। अघिल्लो कारोबार दिन बिहीबार ६ प्रतिशतसम्म घटेर समय अगावै बन्द भएको बजार आइतबार भने उच्च अंकले...
५ आश्विन २०८२, आईतवार १४:२९
नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...
५ आश्विन २०८२, आईतवार १०:३०
काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्। सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी...
५ आश्विन २०८२, आईतवार ०८:३१
“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन” काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,...
५ आश्विन २०८२, आईतवार ०७:१७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...
४ आश्विन २०८२, शनिबार १९:१६
काठमाडौं। धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू गरिएको १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था तत्काल स्थगित गर्ने निर्णय गरेको छ। बोर्डमा शुक्रबार बसेको आकस्मिक बैठकले लामो समयदेखि आलोचित हुँदै आएको उक्त प्रणालीलाई आइतबारदेखि कार्यान्वयन नगर्ने ठहर गरेको हो। अबदेखि...
४ आश्विन २०८२, शनिबार १९:०७
“राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव प्रमुख अतिथि टंकलाल घिसिङ र विशेष अतिथि गौँचनको उपस्थितिमा नेपाल फुलकन्ट्याक्ट कराते महासंघको नयाँ नेतृत्व चयन” काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय साधारणसभा तथा निर्वाचन २०८२ शनिबार सम्पन्न भएको छ। कार्यक्रम...