असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम


काठमाडौं । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमानअनुसार मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ भने देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

#असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम