Ek-New

नेपाल पुनर्बीमाको २१.७१ लाख संस्थापक शेयर लिलामीमा राख्यो युनाइटेड अजोड इन्स्योरेन्सले

२९ फाल्गुन २०८२, शुक्रबार १९:५१

काठमाडौं । United Ajod Insurance Limited को स्वामित्वमा रहेको Nepal Reinsurance Company Limited को संस्थापक समूहअन्तर्गत २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँ तोक्दै उक्त शेयर सबै लगानीकर्ताले किन्न पाउने...

बीमा सेवा डिजिटल हुँदै : एजेन्सी म्यानेजरलाई रिमोट अन्डरराइटिङ सुविधा

२९ फाल्गुन २०८२, शुक्रबार १९:३७

Himalayan Life Insurance ले एजेन्सी म्यानेजरहरूलाई घरबाटै बीमा प्रस्ताव पेश गर्ने अन्डरराइटिङ पहुँच उपलब्ध गराएको छ। कम्पनीले सेवा प्रवाहलाई थप छिटो, सहज र डिजिटल बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार अब एजेन्सी म्यानेजरहरूले कार्यालयमा उपस्थित...

शर्मालाई समर्थन गर्दै शेरचनद्धारा वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता

२९ फाल्गुन २०८२, शुक्रबार १९:१५

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिका आधारमा नयाँ नेतृत्वको लागि सबैमा एकता प्रयास भैरहेको छ। जस अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. हेमराज शर्मालाई समर्थन गर्दै अर्का प्रत्याशी रोविन शेरचनले बरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन। यसअघि बुधबार सम्पन्न मनोनयन दर्तामा...

ग्लोबल आइएमई बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा प्रदान हुने

२९ फाल्गुन २०८२, शुक्रबार १९:०२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ। बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग...

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

२९ फाल्गुन २०८२, शुक्रबार १६:१९

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गर्नुभएको हो। आज मिति २०८२ साल फाल्गुन २८ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्यसमितिको पहिलो...

विश्व मिगौला दिवस: ग्राण्डीमा  दश वर्षमा एक सय बहत्तर विरामीको मिगौला प्रत्यारोपण 

२९ फाल्गुन २०८२, शुक्रबार १५:४३

काठमाडौँ। बिस औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा एकसय बहत्तर विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो । नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६...

सुन र चाँदी दुवैको मूल्य घट्यो

२९ फाल्गुन २०८२, शुक्रबार ११:११

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९...

रोबिन शेरचन जिताउन जापान एकमत, जिताएरै छोड्ने उद्घघोष

२८ फाल्गुन २०८२, बिहीबार २०:१८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्। बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि ‘जिताएरै छोड्ने’ उद्घघोष गरेको हो। भेलाले...

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

२७ फाल्गुन २०८२, बुधबार २०:३३

चितवन। नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ...

ताजा समाचार