२० श्रावण २०८३, बुधबार २०:३०
कैलाली। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीमा सहकारी र सरकारी साझेदारीमा स्थापना गरिएको बीउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा आएको छ। उद्योगको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक उद्घाटन गरेका हुन्। लम्कीचुहा नगरपालिका–४ मा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापना गरिएको उद्योगको उद्घाटन...
२० श्रावण २०८३, बुधबार १५:३६
काठमाडौं। नेपालमा वन व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सिल्भिकल्चरल (Silvicultural) निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘नेपालमा स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरणहरूको प्रयोग तथा सफ्टवेयर नवप्रवर्तन’ विषयक प्राविधिक प्रस्तुति आज काठमाडौंमा सम्पन्न भयो। नेपाल वन प्राविधिक संघको आयोजनामा हुने कार्यक्रममा हाल...
२० श्रावण २०८३, बुधबार १४:२९
काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको...
२० श्रावण २०८३, बुधबार ०५:२०
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपाल राष्ट्र बैंक (NRB) का पछिल्ला तथ्यांकले पनि त्यही चुनौती देखाउँछन्। बैंकहरूसँग कर्जा दिन पर्याप्त स्रोत भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न...
२० श्रावण २०८३, बुधबार ०४:४०
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल तात्दै गएको छ। यसैक्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने मूल नारासहित सार्वजनिक...
१९ श्रावण २०८३, मंगलवार २०:२०
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि बैंकिङ क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य रहेको...
१९ श्रावण २०८३, मंगलवार २०:०३
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) ले संस्थाभित्र हुने सम्भावित भ्रष्टाचार, आर्थिक अनियमितता र बेथितिविरुद्ध प्रमाणसहित भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितता छानवीन समितिमा २० दिन भित्र उजुरी दिन सर्वसाधारण, स्वयंसेवक तथा सरोकारवालासँग आह्वान गरेको छ। सोसाइटीले सार्वजनिक गरेको सूचनामा संस्थामा...
१९ श्रावण २०८३, मंगलवार १६:१०
निराज रानाभाट, काठमाडौं । रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै आमरण अनशनरत स्वास्थ्यकर्मी ज्योति रानाभाटको जीवन रक्षा गर्न तत्काल पहल गर्न माग गरेको छ । समाजका महासचिव राजु रानाभाटद्वारा हस्ताक्षरित पत्रमा नर्सिङ...
१९ श्रावण २०८३, मंगलवार १६:०६
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–युरोपेली संघ सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। भेटमा नेपालको कृषि...