४ फाल्गुन २०८२, सोमबार १४:३३
काठमाडौँ। लामो समय पत्रकारितामार्फत समाजको ऐना बन्नुभएका उद्धवराज भेटवाल यतिबेला काठमाडौँ क्षेत्र नं. ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एक प्रखर र वैकल्पिक उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको छ। दुई दशकको सञ्चार यात्रामा मुलुकका बेथिति र नागरिकका सास्तीलाई नजिकबाट नियाल्नुभएका भेटवालले...
२७ माघ २०८२, मंगलवार २०:००
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गर्दै आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि सेयर बजारका लगानीकर्ताबीच मिश्रित प्रतिक्रिया देखिएको छ। बोर्डले यसअघि लागू हुँदै आएको २०७४ सालको निर्देशिकालाई खारेज गर्दै नयाँ...
२७ माघ २०८२, मंगलवार १३:५३
गोदावरी नगरपालिकाका करार इन्जिनियरले पाँच वर्षमा कमाएका दुई करोडभन्दा बढी अवैध सम्पत्ति सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ललितपुर, गोदावरी नगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर सुवास विष्ट विरुद्ध अकुत (अवैध) सम्पत्ति आर्जनको आरोपमा...
२६ माघ २०८२, सोमबार १९:५२
काठमाडौँ, वैदेशिक रोजगारीका लागि आकर्षक तलब र सहज प्रक्रिया हुने आश्वासन दिँदै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गइरहेका...
२४ माघ २०८२, शनिबार १९:२२
काठमाडौँ। लागू औषध नियन्त्रण जस्तो संवेदनशील निकाय, महानगरपालिकाको राजस्व प्रणाली र राजनीतिक पहुँच, तीनै क्षेत्र एउटै सञ्जालमा गाँसिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। पुस ११ गते बल्खुस्थित ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट लागू औषध बरामद भएको घटनाले अहिले राज्य संयन्त्रभित्रको सिण्डिकेट,...
२४ माघ २०८२, शनिबार ०५:४४
काठमाडौँ, २४ माघ । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे । प्रतियोगिताका लागि यस वर्ष...
२२ माघ २०८२, बिहीबार १४:४२
काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनलाई थप बल पुग्ने गरी अदालतको आदेश कार्यान्वयन भएको छ। यससँगै श्रमिकको सामाजिक सुरक्षा अधिकार व्यवहारमै सुरक्षित हुने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ। ऐनअनुसार सबै रोजगारदाता र श्रमिकलाई सामाजिक...
२१ माघ २०८२, बुधबार २०:५८
काठमाडौं। निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे।
२१ माघ २०८२, बुधबार ०८:४९
QU Dongyu, Director-General of the Food and Agriculture Organization of the United Nations Glaciers – the world’s hidden water banks – are a source of life for billions. The seasonal melt from mountains and glaciers sustains some of the world’s...