४ आश्विन २०८३, आईतवार ०१:५०
काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्...
३ आश्विन २०८३, शनिबार २१:५८
चितवन। सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएपछि वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा राखिएका विद्युत् संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। ५३ वर्षीय रोनाल्डो शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बरन्डाभार वनको विषहजारी पोस्ट नजिक मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा...
३ आश्विन २०८३, शनिबार २१:३५
भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान– ‘नेपाललाई बजार मात्र होइन, रणनीतिक साझेदारका रूपमा हेरौँ’ काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर...
३ आश्विन २०८३, शनिबार २१:२७
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३...
३ आश्विन २०८३, शनिबार २१:२०
राजविराज। अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिन बाध्य भएकी बबिता पासवानको अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव उनको घर पुगेका छन्। बिहीबार गृहजिल्ला सप्तरी पुगेका मन्त्री यादव राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य...
३ आश्विन २०८३, शनिबार २१:०१
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएको राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरेको छ। नाडाले २०८३ भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न...
३ आश्विन २०८३, शनिबार १६:२४
काठमाडौँ । बाढी प्रभावित जिल्लामा गरिएको संयुक्त क्षति मूल्याङ्कनले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो असर परेको देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लामा गरिएको मूल्याङ्कनअनुसार १ हजार ८०६ हेक्टर धान तथा तरकारी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।...
३ आश्विन २०८३, शनिबार १०:५९
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ। तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने संगीना पहिलो महिला हुन्। संगीना आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)...
३ आश्विन २०८३, शनिबार ०७:१०
काठमाडौं। एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर...