Environment

नेपालमा जलवायु-उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीए बीच साझेदारी

३२ असार २०८३, बिहीबार १५:५५

काठमाडौँ, नेपाल – यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को...

देशभर मनसुन सक्रिय, अधिकांश क्षेत्रमा वर्षा; पहाडी जिल्लामा भारी वर्षाको जोखिम

३० असार २०८३, मंगलवार ०७:४७

काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा सोमबार अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भू–भाग नजिक उत्तरतर्फ रहेकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको...

रासायनिक मलको भरपर्दो विकल्प: ‘खजुरा ढैंचा १’ विस्तारको आवश्यकता

२८ असार २०८३, आईतवार २१:१७

नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...

नेपाल–चीन व्यापार तथा लगानी सम्मेलन २०२६: निर्यात विस्तार र लगानी आकर्षणमा केन्द्रित नेपाली व्यवसायीको सक्रिय पहल

२८ असार २०८३, आईतवार ०४:१०

  बेइजिङ। नेपाल र चीनबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले जुलाई २ देखि ८, २०२६ सम्म चीनको राजधानी बेइजिङमा आयोजित नेपाल–चाइना व्यापार तथा लगानी सम्मेलन २०२६ सम्पन्न भएको छ। नेपाली राजदूतावास, बेइजिङको आयोजनामा भएको सम्मेलनमा नेपाल...

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

२१ असार २०८३, आईतवार १२:०४

काठमाडौं, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। क्लबले यस वर्षको मूल नारा “Caring by...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३, शनिबार ०३:५७

काठमाडौँ। देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको...

राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित

१६ असार २०८३, मंगलवार ११:०१

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी...

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं ट्राफिक प्रहरीबीच छलफल, चरणबद्ध कार्यान्वयनमा जोड

१५ असार २०८३, सोमबार १८:३५

काठमाडौँ, सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा (टिन्टेड ग्लास/फिल्म) हटाउने अभियानलाई प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...

मनसुनजन्य विपद् सामना गर्न सरकारको उच्च सतर्कता:

१० असार २०८३, बुधबार १५:५०

काठमाडौं। आगामी मनसुनका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी र प्रतिकार्यका सम्पूर्ण कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा...

ताजा समाचार