Economic News

जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र, सहायता कक्ष सञ्चालनमा

२१ चैत्र २०८१, बिहीबार २०:४०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र, सहायता कक्ष सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन स्रोत केन्द्र सञ्चालन सम्बन्धी समन्वय बैठक बसेर केन्द्र उद्घाटन गरिएको हो । कार्यक्रम संघ, प्रदेश...

विन नेपाल लघुवित्तको एफपीओ आजदेखि निष्कासन

२१ चैत्र २०८१, बिहीबार ०६:०९

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप एफपीओ निष्कासन गर्दै छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२।५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न लागेको हो ।...

नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह: प्रधानमन्त्री ओली 

२१ चैत्र २०८१, बिहीबार ०२:१४

बैंकक। थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गर्नु भएको छ। भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वरभूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा...

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता

२० चैत्र २०८१, बुधबार १७:१०

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएको हो। सभापोखरी हाइड्रोले प्रति सेयर एक सय...

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

२० चैत्र २०८१, बुधबार १६:१०

काठमाडौँ – नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री...

कालीमाटीमा सेतो लोकल मूला १० रुपैयाँ, बन्दा ८ रुपैयाँ केजीमै छ,

२० चैत्र २०८१, बुधबार ०६:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ। त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६० रुपैयाँ,...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं: अर्थमन्त्री पौडेल

१९ चैत्र २०८१, मंगलवार १८:५१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य...

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१, चैत्र २१ गते देखि  सानेपा स्थित हेरिटेज गार्डेनमा हुने।

१९ चैत्र २०८१, मंगलवार १८:३१

नेपाल कफी व्यवसायी महासंघले आगामी नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्न लागेको छ। कफी उद्योगको मूल्य शृङखला अनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकिकृत गर्ने यो एउटा...

पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन सम्झौता

१९ चैत्र २०८१, मंगलवार १८:००

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो अवसरमा...