Business

सरकारसँग सहकार्यमा होटल व्यवसायी महासंघको आपतकालीन आवासमा आश्रय दिन महासंघ तयार

१२ बैशाख २०८३, शनिबार २१:४२

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल ले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ। महासंघले सरकारसँग सहकार्य गर्दै उद्धार गरिएका नागरिकहरूका लागि अस्थायी आश्रय उपलब्ध गराउन तयार रहेको जनाएको हो। महासंघका अध्यक्ष टी.आर. भण्डारीका अनुसार काठमाडौंका थापाथली...

कर्पोरेट नेटवर्कको पोल खुल्दै? गोल्छा पक्राउपछि बहस चर्कियो

१० बैशाख २०८३, बिहीबार २०:५३

काठमाडौँ । निजी क्षेत्रका प्रभावशाली व्यवसायी शेखर गोल्छा नियन्त्रणमा परेसँगै नेपालको कर्पोरेट जगत् र नियामक निकायबीचको सम्बन्धमाथि फेरि प्रश्न उठ्न थालेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु केवल एउटा व्यक्तिगत मुद्दा नभई, सम्भावित रूपमा ठूला आर्थिक...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

१० बैशाख २०८३, बिहीबार २०:१७

काठमाडौं, रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै वातावरणमैत्री पहललाई अर्थपूर्ण रूपमा अघि बढाएको छ। होटल परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा स्थानीयको सहभागितामा बिरुवाहरू रोपिएको थियो। होटलमा प्रवेश गर्ने बित्तिकै आकर्षक रूपमा तयार गरिएको भर्टिकल गार्डेनले होटलको हरियाली र दिगोपनाप्रतिको...

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट

१० बैशाख २०८३, बिहीबार २०:१३

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...

मल संकट टार्न कूटनीतिक दौडधुप: कृषि मन्त्री चौधरी सक्रिय, भारतसँग जी–टु–जी खरिद प्रक्रिया अघि

१० बैशाख २०८३, बिहीबार १२:५७

“पश्चिम एशियाली संकटको असर नेपालमा—असारसम्म मौज्दात, त्यसपछि १.५ लाख टन थप आयातको तयारी” काठमाडौँ। रासायनिक मल आपूर्तिमा देखिएको अनिश्चितताबीच सरकारले कूटनीतिक स्तरमै सक्रियता बढाएको छ। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी ले मल आपूर्तिलाई उच्च...

महासंघमा ‘बीचको बाटो’: १८ संघको सदस्यता विवादमा सर्तसहित निकास

१० बैशाख २०८३, बिहीबार ०५:०२

“अदालतको आदेश पालना गर्दै नयाँ प्रक्रिया, तर मतदान अधिकार स्थगित, साधारणसभा अब निर्धारित मितिमै” काठमाडौँ। लामो समयदेखि विवादमा रहेको १८ वस्तुगत संघहरूको सदस्यता प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघ ले अन्ततः ‘बीचको बाटो’ अपनाउँदै समाधान निकालेको छ। बुधबार रातिसम्म करिब ८...

प्रभु इन्स्योरेन्सको ९.१५ प्रतिशत लाभांश पारित, शेयरधनीलाई बोनस र नगद दुबै

९ बैशाख २०८३, बुधबार २०:५१

“३०औँ साधारणसभाबाट प्रस्ताव स्वीकृत, चैत्र २५ सम्म कायम लगानीकर्ताले लाभांश पाउने” काठमाडौँ। प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो।  बोनस र...

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

९ बैशाख २०८३, बुधबार १५:३०

काठमाडौँ ।  चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र  आरएमबी (RMB) छ सय अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ । “1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल...

उद्योग वाणिज्य महासङ्घको प्राङ्गणमा १८ सदस्यहरुको सदस्यता कायमका लागि धर्ना

९ बैशाख २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिीय कार्यकारिणी समिति सदस्यको बैठक बसिरहँदा सदस्यता कायमका लागि १८ ओटा वस्तुगत सङ्घले धर्ना दिइरहेका छन्। अदालतसम्म पुगेको सदस्यता विवादसहितको निर्णय गर्न महासङ्घ केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । सदस्यता सिफारिस समितिले १८...

ताजा समाचार