Economic Khabar

चार वटा संसदीय समितिको बैठक आज एकैपटक बस्दै

३१ बैशाख २०८१, सोमबार २२:१५

३१ बैशाख, काठमाडौँ । चार वटा संसदीय समितिको बैठक आज एकैपटक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । त्यस्तै बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यस्तै...

आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी

३१ बैशाख २०८१, सोमबार १९:११

काठमाडौं । आज सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अङ्कले वृद्धि एक हजार ९९८ दशमलव ८९ विन्दुमा कायम भएको छ । आज नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् । यी...

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

३० बैशाख २०८१, आईतवार २१:५३

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा...

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

३० बैशाख २०८१, आईतवार १९:०५

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणको लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरेका छन् ।  भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका  गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका हुन् ।...

नगरपालिका स्तरमा जलवायु उत्थानशील भू–उपयोग योजनाको विकास र कार्यान्वयनको महत्त्वमा केन्द्रित तालिम

२९ बैशाख २०८१, शनिबार १६:२५

चुरे उत्थानशील आयोजनाले नगरपालिकाका पदाअधिकारीहरू र सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूका लागि जलवायु उत्थानलशील भू–उपयोग योजना सम्बन्धी तालिमहरू प्रदान गरेको छ। जलवायु परिवर्तनका प्रतिकूल असरलाई सम्बोधन गर्न नगरपालिका स्तरमा जलवायु उत्थानशील भू–उपयोग योजनाको विकास र कार्यान्वयनको महत्त्वमा केन्द्रित तालिम, चुरे...

BRCRN Project organizes Climate Resilient Land Use Planning trainings for municipality officials and Community Forestry User Group members

२९ बैशाख २०८१, शनिबार १६:०८

Training focused on the importance of developing and implementing climate resilient land use plan at the municipality level to address the adverse effect of climate change Kathmandu, Nepal, 09 May 2024 –BRCRN project organized two events of Climate Resilient Land...

व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवनबीमा कोष साढे १३ अर्ब माथि

२९ बैशाख २०८१, शनिबार १५:५४

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी चार अर्ब अठार करोड रहेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा गत आर्थिक वर्षको तुलनामा...

सिटिजन्स बैंक ईन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त

२९ बैशाख २०८१, शनिबार १५:४३

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन्।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारी सेवा तथा कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय...

नेपाल चेम्बर टोली ओली निवासमा, शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आग्रह

२९ बैशाख २०८१, शनिबार १४:४७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेको छ। चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार...