व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवनबीमा कोष साढे १३ अर्ब माथि


सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी चार अर्ब अठार करोड रहेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो।

कम्पनीको महा विपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ। २०७९÷८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चैत्र मसान्त सम्ममा कम्पनीको जीवनबीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ।

चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्कआर्जन गरेको थियो ।

४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्कआर्जन गरेको थियो । गतवर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत् खर्चिएको छ।