यूनाइटेड अजोडको हकप्रद शेयर आज बन्द हुँदै, पूँजी दुई अर्ब ५४ करोड पुग्ने
Economic Khabar
३१ बैशाख २०८३, बिहीबार ०४:३९
काठमाडौं। यूनाइटेड अजोडको दश प्रतिशत हकप्रद शेयर बिक्री आजबाट बन्द हुने भएको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने समय आज बैंकिङ समयसम्म मात्रै रहनेछ।
हकप्रद शेयर निष्काशनका लागि फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू योग्य छन्। कम्पनीले १०:१ अनुपातमा अर्थात १० कित्ता बराबर १ कित्ता नयाँ शेयर जारी गरिरहेको छ।
कुल २३ लाख १० हजार कित्ता शेयर निष्काशनमार्फत कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने लक्ष्य लिएको छ। हाल २ अर्ब ३१ करोड रुपैयाँ रहेको चुक्ता पूँजी हकप्रदपछि २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
बीमा क्षेत्रमा पूँजी विस्तार र व्यवसायिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै कम्पनीले हकप्रद निष्काशन गरेको हो।