१८ चैत्र २०८२, बुधबार २०:२८
काठमाडौं। सन् २०२६ को मार्चमा एक लाख बिस हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ। तथ्यांकअनुसार,...
१८ चैत्र २०८२, बुधबार १२:२४
काठमाडौं, नयाँवर्ष २०८३ को अवसरमा सेगवे ई११०एल मा विशेष अफर घोषणा गरिएको छ। नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै दई लाख ८४,९९९ मा उपलब्ध गराइएको हो। यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट...
१८ चैत्र २०८२, बुधबार ०९:०५
काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवानिवृत्त भएका छन्। उनलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरेकी हुन्। वि.सं. २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउतले ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश ...
१८ चैत्र २०८२, बुधबार ०७:३६
काठमाडौं। व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको जानकारी सार्वजनिक भएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरण विभागबाट पत्र प्राप्त भएपछि अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेसँगै भट्टको पासपोर्ट...
१८ चैत्र २०८२, बुधबार ०५:०४
“लाइनमा सर्वसाधारण, बाहिर ‘सेटिङ’को धन्दा: ५३ थान बिलबुक र नगदसहित बिचौलिया समातिए!” काठमाडौं । काठमाडौँका यातायात कार्यालय वरिपरि लामो समयदेखि चल्दै आएको भनिएको बिलबुक खेलमाथि प्रहरीले धावा बोलेको छ। सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख दिने, लाइन...
१७ चैत्र २०८२, मंगलवार १९:४६
ललितपुर। नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्ने भएको छ। नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा हरेक बर्ष आयोजना गरिदैँ आएको उक्त मेला चैत्र १९ गते बिहीबारदेखि २३ गते सोमबारसम्म काठमाडौँको भृकुटिमण्डपमा हुने भएको हो । पुष्प,...
१७ चैत्र २०८२, मंगलवार १८:१६
काठमाडौं। पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको बृत्तचित्र प्रिमियर गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा माननिय तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै...
१७ चैत्र २०८२, मंगलवार १७:०७
“वैदेशिक रोजगारीमा जाने श्रमिकसँग २१ सय रुपैयाँसम्म असुलिएको गुनासोपछि विभागको स्पष्ट सन्देश: निर्धारित शुल्क नाघ्न पाइँदैन” काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व दिइने अभिमुखीकरण तालिमको शुल्क यथावत् ७ सय रुपैयाँ नै रहेको भन्दै वैदेशिक रोजगार विभागले शुल्कका नाममा भइरहेको...