Exclusive Khabar

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गर्यो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

२४ बैशाख २०८२, बुधबार १९:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायम मुकायम...

स्वास्थ्य बीमाको अनलाइन नवीकरण अब पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

२४ बैशाख २०८२, बुधबार १२:३१

काठमाडौं। स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै...

आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ: प्रधानमन्त्री

२४ बैशाख २०८२, बुधबार १२:२२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहासका...

सुनको मूल्यमा एक हजार ७००ले वृद्धि

२४ बैशाख २०८२, बुधबार १०:०४

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको...

मुक्तिनाथ विकास बैंकद्धारा स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना

२२ बैशाख २०८२, सोमबार १६:३०

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह,...

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श

२२ बैशाख २०८२, सोमबार ०६:२१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नु भएको छ। आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नु भएको हो। सो अवसरमा सभापति...

वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने

२१ बैशाख २०८२, आईतवार २३:१५

भैरहवा (रूपन्देही)- पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग...

नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

२० बैशाख २०८२, शनिबार १८:४२

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...

जनप्रतिनिधि र नगरवासीबीचको संवादले थप प्रभावकारी बनायो: नगरप्रमुख प्रकाश अधिकारी

२० बैशाख २०८२, शनिबार १४:५३

काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ। कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो। ‘सिधा कुरा मेयरसँग’ कार्यक्रममा प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको...