EK Story

गोल्छा ग्रुपले दियो विस आेटा बजाज मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई

७ आश्विन २०८२, मंगलवार १८:४५

काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...

आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध

७ आश्विन २०८२, मंगलवार ०४:००

धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । मुग्लिन-नारायणघाट सडक तुइन...

सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन

५ आश्विन २०८२, आईतवार ०८:३१

“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन” काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,...

आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत पहिरो पन्छाउने काम शुरुआत

५ आश्विन २०८२, आईतवार ०७:१७

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...

तुइन खोलाको पहिरो हटाउन सरकारको पहल,

४ आश्विन २०८२, शनिबार १७:५६

काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...

हरती मा: कथा कथनको मिश्रण र साहसको संगीत यात्रा “दाफा”

४ आश्विन २०८२, शनिबार १४:५९

काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...

युवाका सारथी अच्युत गुरागाइँले हाक्न सक्छन् पर्यटन मन्त्रालय

४ आश्विन २०८२, शनिबार ०८:४२

काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...

कर्मचारीतन्त्रको पनि आमूल परिवर्तनको खाँँचाे छ, देशमा

३० भाद्र २०८२, सोमबार २२:१७

अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...

प्रत्यक्ष नियुक्त प्रधानमन्त्री अबकाे कस्तो हुने

३० भाद्र २०८२, सोमबार १७:५९

एसआर कंसाकार। अहिले सम्म हरेक पल्ट प्रधानमन्त्री परिवर्तन भएपछि राज्यसत्ता सञ्चालनमा तात्विक भिन्नता के आउला र भनेर जनताले चासो राख्नै छोडिसकेको एक धरातलीय यथार्थ हो । तर, अहिलेको परिवर्तन भिन्न प्रकृतिको छ। ठूलो मुल्य चुकाएर आएको “प्रत्यक्ष नियुक्त” प्रधानमन्त्री हो।...