काठमाडौं। रेडियोदेखि टेलिभिजनसम्मको यात्रामा राम्रो ‘स्टोरीटेलर’को पहिचान बनाएका दीपक समिरको शब्द र स्वरमा नाट्य क्षेत्रमा नयाँ अभ्यास हुने भएको छ ।
समीरको पुस्तक ‘मुनामदनको डिभोर्स पार्टी’को एक कथा ‘आहत उजेलीहरू’ प्रस्तुत हुने भएको छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा १८ असोजमा साँझ ५ बजे प्रस्तुत हुने कार्यक्रममा कथावाचक, नाट्य कलाकार, गायक तथा संगीतकार एकै मञ्चमा हुनेछन् र आफ्नो प्रस्तुति दिनेछन् ।
वैदेशिक रोजगारीका पीडामा आधारित कथामा नयाँ प्रयोग गर्न यसो गरिएको समीरले शिलापत्रलाई बताए ।
कथालयले प्रस्तुत गरेको यो कला खुराकको प्रस्तोता सोता आचार्य छिन् भने सुनिता कार्कीले स्वर दिएकी छिन् ।
आइतबारको प्रस्तुतिका लागि अहिले धमाधम तयारी भइरहेको सल्लाहकार भोजबहादुर विश्वकर्माले जानकारी दिए ।