EK Story

करेन्टले ढलेको आशंका: चितवनको ‘रोनाल्डो’ अब छैन, वन्यजन्तु क्षेत्रमा विद्युत् संरचनामाथि गम्भीर प्रश्न

३ आश्विन २०८३, शनिबार २१:५८

चितवन। सौराहा–खोरसोर क्षेत्रको परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत भेटिएपछि वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा राखिएका विद्युत् संरचनाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। ५३ वर्षीय रोनाल्डो शनिबार बिहान चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बरन्डाभार वनको विषहजारी पोस्ट नजिक मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा...

अर्थमन्त्री डा. वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

३ आश्विन २०८३, शनिबार २१:३५

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान– ‘नेपाललाई बजार मात्र होइन, रणनीतिक साझेदारका रूपमा हेरौँ’ काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर...

नेपाल राष्ट्र बैंकले २८ दिनका लागि तीस अर्ब रुपैयाँ तरलता खिच्ने

३ आश्विन २०८३, शनिबार २१:२७

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३...

बाढीबाट अठार सय छ हेक्टर खेतीयोग्य जमिनमा क्षति, दुई लाख ५२ हजारभन्दा बढी पशुपन्छी प्रभावित

३ आश्विन २०८३, शनिबार १६:२४

काठमाडौँ । बाढी प्रभावित जिल्लामा गरिएको संयुक्त क्षति मूल्याङ्कनले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो असर परेको देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लामा गरिएको मूल्याङ्कनअनुसार १ हजार ८०६ हेक्टर धान तथा तरकारी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।...

सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस, यस्तो छ प्रस्तावित राजदूतहरूको पृष्ठभूमि

२ आश्विन २०८३, शुक्रबार २०:०२

काठमाडौं।  सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगहरूमा पठाउन १३ जना विज्ञ तथा विशिष्ट व्यक्तिहरूको नाम अघि बढाउने निर्णय गरेको हो।...

अब ‘आईपीओ पाउने कि नपाउने’ भन्दा ‘कस्तो कम्पनीले पाउने?’ तर्फ जादै हो 

२ आश्विन २०८३, शुक्रबार ०८:४१

नेपालको प्राथमिक बजारमा लामो समयदेखि आईपीओ निष्कासनको अनुमति र कम्पनीको वास्तविक गुणस्तरबीचको सम्बन्ध बहसको विषय रहँदै आएको छ। नयाँ मस्यौदाले यही प्रक्रियालाई योग्यता, जोखिम र संस्थागत सुशासनसँग थप प्रत्यक्ष रूपमा जोड्न खोजेको देखिन्छ। विशेषगरी उद्योगको प्रकृतिअनुसार जोखिममा आधारित मापदण्ड बनाउने...

नार्कको तलब संरचनामा उल्टो हिसाब: सिनियरभन्दा जुनियर महँगो किन?

१ आश्विन २०८३, बिहीबार १८:३०

काठमाडौँ। संस्थामा पद माथि जाँदा जिम्मेवारी बढ्छ, निर्णयको भार बढ्छ र स्वाभाविक रूपमा पारिश्रमिक पनि त्यसैअनुसार बढ्ने अपेक्षा गरिन्छ। तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का S2 र S3 तहको तलब संरचनामा सिनियर तहभन्दा जुनियर तहको कुल कायम तलब बढी...

विदेश जाने श्रमिकले के काम गर्ने? अब मागपत्रमै खुलाउनुपर्ने

१ आश्विन २०८३, बिहीबार १६:४८

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...

एनपीएलको तेस्रो सिजनमा पनि चितवन राइनोजको सहप्रायोजक हिमालयन एभरेस्ट इन्स्योरेन्स

१ आश्विन २०८३, बिहीबार ०८:०६

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ। एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष...

ताजा समाचार