Economic News

वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी, पाँच जना पक्राउ

२६ माघ २०८२, सोमबार १९:५२

काठमाडौँ, वैदेशिक रोजगारीका लागि आकर्षक तलब र सहज प्रक्रिया हुने आश्वासन दिँदै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गइरहेका...

५७४ लागत, ३७५ समर्थन मूल्य: अण्डा व्यवसाय धरापमा

२६ माघ २०८२, सोमबार १९:०३

काठमाडौं। नेपालमा अण्डाको मूल्यमा आएको पछिल्लो गिरावटले कुखुरा पालक किसानको वास्तविक अवस्था उजागर गरेको छ। उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँभन्दा माथि पुगेको अवस्थामा प्रतिक्रेट ३७५ रुपैयाँमा सीमित हुनु भनेको किसानलाई प्रत्यक्ष नोक्सानीमा धकेलिनु हो। बजार मूल्य र उत्पादन लागतबीचको यो...

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै,

२६ माघ २०८२, सोमबार १४:०१

काठमाडौं। नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी-२ स्थित चापखर्कमा नेपाल राइडर्समिट...

किसानका आवाज, कृषि रूपान्तरणका संवाहक: अशिम सापकोटा

२६ माघ २०८२, सोमबार १३:०७

सम्वाददाता: नेपालको कृषि सञ्चार र पत्रकारिताको क्षेत्रमा अशिम सापकोटा एउटा यस्तो स्थापित नाम हो, जसले विगत १७ वर्षदेखि निरन्तर माटो, खेतीपाती र किसानको आवाजलाई मूलधारको सञ्चार माध्यममा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा...

चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो सुरु

२५ माघ २०८२, आईतवार १४:०९

चितवन। चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो आजदेखि सुरु भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सञ्चालन भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने उद्देश्य...

आइतबार सुनको मूल्य नाै हजारले बढेको छ।

२५ माघ २०८२, आईतवार ०६:३८

काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो। शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ।...

Holy Academy मा वार्षिक खेलकुद दिवस भव्य रूपमा सम्पन्न,४७ खेलमा विद्यार्थीको उत्साहजनक प्रतिस्पर्धा

२५ माघ २०८२, आईतवार ०४:३५

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–८, बेशीगाउँ स्थित Holy Academyमा वार्षिक रूपमा आयोजना हुँदै आएको खेलकुद दिवस यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। “Building Stronger Bonds Beyond the Classroom”भन्ने नारासहित आयोजित कार्यक्रममा प्रि–प्राइमरीदेखि A, B र C डिभिजनसम्मका विद्यार्थीहरूले विभिन्न खेलमा...

लागू औषधदेखि कवाडी ठेक्कासम्म एउटै ‘सिण्डिकेट’ : राजनीतिक संरक्षणमा निर्दोष फसाउने र राज्य लुट्ने योजनाको पर्दाफास

२४ माघ २०८२, शनिबार १९:२२

काठमाडौँ। लागू औषध नियन्त्रण जस्तो संवेदनशील निकाय, महानगरपालिकाको राजस्व प्रणाली र राजनीतिक पहुँच, तीनै क्षेत्र एउटै सञ्जालमा गाँसिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। पुस ११ गते बल्खुस्थित ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट लागू औषध बरामद भएको घटनाले अहिले राज्य संयन्त्रभित्रको सिण्डिकेट,...

नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि ज्योति बम्जन र अयान तिवारीलाई

२४ माघ २०८२, शनिबार १९:०२

काठमाडौं। बाल प्रतिभाको पहिचान, आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजन आदर्श इन्टरटेन्मेन्ट हाउसले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नानीतर्फ...