Business

दक्ष श्रमिकका लागि दक्षिण कोरिया जाने बाटो खुला

८ पुष २०८२, मंगलवार ०८:२२

“उच्च अदालत पाटनको आदेशपछि म्यानपावरमार्फत सीपयुक्त श्रमिक पठाउन सकिने” काठमाडौं । उच्च सीप हासिल गरेका नेपाली श्रमिकका लागि दक्षिण कोरिया रोजगारीमा जाने कानुनी बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि कार्यान्वयन नगर्न दिएको अन्तरिम...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

७ पुष २०८२, सोमबार १५:५७

काठमाडौं। ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट...

(एनपिआई) नारायणी सामुदायिक अस्पतालको साधरण शेयर खुला हुने

६ पुष २०८२, आईतवार १८:५०

काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...

पुनर्बीमा क्षेत्रमा लगानी होडबाजी : नेपाल र हिमालयन रिइन्स्योरेन्सको रणनीतिक प्रतिस्पर्धा

६ पुष २०८२, आईतवार ११:४५

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरु: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि इन्स्योरेन्स लिमिटेड बीच लगानी विस्तारलाई लिएर तीव्र प्रतिस्पर्धा देखिएको छ। बैंक तथा वित्तीय संस्था, पुँजी बजार, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रसम्म यी कम्पनीहरूले आक्रामक रूपमा...

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

५ पुष २०८२, शनिबार १४:२५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन। गत भदौ २३–२४ को जेनजी...

कोरियाबाट फर्किएका कामदारलाई उद्योग–व्यवसायमा जोड्ने पुनःएकीकरण कार्यक्रम सम्पन्न

५ पुष २०८२, शनिबार १२:२८

काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पाैष ०५ गते शनिबार, KOICA नेपाल र K_HaMi Project को प्रायोजन...

वैदेशिक रोजगारीमा जानेहरूको वृद्धि भएको स्वास्थ्य परीक्षण शुल्क खारेज

४ पुष २०८२, शुक्रबार १६:३०

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार...

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

४ पुष २०८२, शुक्रबार १३:३३

नेपालगञ्ज। नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा...

बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना र ५ दिन कैद सजाय पाएका फरार व्यक्ति पक्राउ

२ पुष २०८२, बुधबार २१:१२

काठमाडौँ, बैंकिङ कसुर मुद्दामा अदालतबाट ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय पाएका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति काठमाडौँ महानगरपालिका–११ भोटेबहालमा बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी...

ताजा समाचार