२३ माघ २०८१, बुधबार ०२:१६
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य...
२२ माघ २०८१, मंगलवार २१:२८
प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का...
२२ माघ २०८१, मंगलवार २१:२४
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ...
२२ माघ २०८१, मंगलवार २१:१४
टोखा, माघ । टोखा नगरपालिका वडा नं. ७ स्थित तिलिङटार माविको प्राङ्गणमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप सेवा अभियान सुरु गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले विद्यार्थीहरूलाई क्युआर कोड वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। यो अभियान माघ २२ गतेदेखि...
२२ माघ २०८१, मंगलवार २१:०८
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ। २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो। मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख...
२० माघ २०८१, आईतवार १०:५६
पोखरा। सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक...
२० माघ २०८१, आईतवार १०:३४
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् । एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने...
२० माघ २०८१, आईतवार १०:३२
काठमाडौं। टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ। आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो। ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित...
२० माघ २०८१, आईतवार ०८:३३
काठमाडौं –राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले १०औं वार्षिकोत्सव मनाएको छ। सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय...