६ फाल्गुन २०८१, मंगलवार ०१:४२
काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन्...
६ फाल्गुन २०८१, मंगलवार ०१:३१
काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले...
६ फाल्गुन २०८१, मंगलवार ०१:२९
काठमाडाैं, ५ फागुन – विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेका कामको प्रशंसा गरेका छन्। नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुकरणीय रहेको उनीहरूको भनाइ छ।...
६ फाल्गुन २०८१, मंगलवार ०१:१५
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...
६ फाल्गुन २०८१, मंगलवार ००:४९
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ। सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू...
६ फाल्गुन २०८१, मंगलवार ००:३८
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबीच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच...
५ फाल्गुन २०८१, सोमबार १७:४३
काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...
५ फाल्गुन २०८१, सोमबार ११:२२
काठमाडौं। सर्लाहीका कामरेन्द्र वर्मालाई आज लोकतान्त्रिक पत्रकार सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन हुनु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार सङ्घ गठन भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधान अनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई आज सङ्घको केन्द्रीय...
५ फाल्गुन २०८१, सोमबार ०५:१८
काठमाडौं। नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना महत्त्वपूर्ण सुझाव सहितको अवधारणापत्र सरकारलाई बुझाएको छ। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको...