Economic Khabar

नयाँ बजेटबारे शहरी र उर्जा मन्त्रालयसँग छलफल संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह

२२ फाल्गुन २०८१, बिहीबार ०४:३७

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ...

अवैध रुपमा बस्दै आएका १० नेपालीलाई विमानस्थलमा छोडेर गयो अमेरिकी प्लेन

२१ फाल्गुन २०८१, बुधबार ०७:४६

काठमाडौं। अवैध रूपमा बस्दै आएका १० जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी प्लेनले छाडेर गएको छ। अमेरिका गएका १० जना नेपाली चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

२१ फाल्गुन २०८१, बुधबार ०७:४२

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...

अनुशासित र यथार्थपरक बजेट बन्छ : अर्थमन्त्री पौडेल

२१ फाल्गुन २०८१, बुधबार ०७:२२

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु काठमाडौं, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ। यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ।...

फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

२१ फाल्गुन २०८१, बुधबार ०६:४७

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...

तराईका युवा कृषकहरूका लागि ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ शुरु

२० फाल्गुन २०८१, मंगलवार २१:५४

निराज रानाभाट, रुपन्देही। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उधमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा ७ दिने ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ आयोजना गरेको छ। यो तालिम कृषि प्रणालीलाई...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२० फाल्गुन २०८१, मंगलवार ०९:२९

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ। बुधबार  एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति...

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

२० फाल्गुन २०८१, मंगलवार ०८:०१

काठमाडौं। नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५/२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ। फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय...

“ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” शुरूवात अप्रिल ४,

२० फाल्गुन २०८१, मंगलवार ०७:३८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा...