Economic Khabar

तिहारको महत्वहरू

२ कार्तिक २०८२, शनिबार २३:३४

तिहार (दीपावली) नेपाली हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्त महत्वपूर्ण चाड हो, जुन पाँच दिनसम्म मनाइन्छ। यस चाडको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। यहाँ तिहारको मुख्य महत्वहरू संक्षेपमा उल्लेख गरिएका छन्:  धार्मिक महत्व: यमराज र यमुनाको कथा: तिहार यमराज (मृत्युदेवता) र...

“मदिरा व्यवसायी संघ काठमाडौं” ले एप सार्वजनिक गर्दै तिहारमा देउसी-भैलो धमाका!

२ कार्तिक २०८२, शनिबार २०:२०

सामूहिक शुभकामना, डिजिटल युगमा प्रवेश र उत्सवको जोश – एकै साथ! काठमाडौं, १ कात्तिक – मदिरा व्यवसायी संघ काठमाडौंले डिजिटल यात्राको सुरुवात गर्दै भव्य समारोहबीच “मदिरा व्यवसायी संघ एप” को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक देउसी-भैलो कार्यक्रम सम्पन्न...

गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन सम्पन्न, उपाध्यक्षमा रायन बस्याल सर्वसम्मत निर्वाचित

२ कार्तिक २०८२, शनिबार १९:३९

गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चर्चित कलाकार तथा सुमधुर स्वरका धनी रायन बस्याललाई उपाध्यक्ष पदमा सर्वसम्मतरूपमा निर्वाचित गरेको छ। रायन बस्याल हाल नेपाली संगीत क्षेत्रमा सक्रिय, लोकप्रिय र चर्चित नामहरू मध्ये...

पोखरा विश्वविद्यालयबाट काठमाडौंमा स्नातक कार्यक्रम सञ्चालन

१ कार्तिक २०८२, शुक्रबार २०:१६

पोखरा विश्वविद्यालयले पहिलोपटक काठमाडौंका लागि  आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र डाटा विज्ञान विषयमा स्नातक तहको कार्यक्रम (Obviously), विएएलएलवि र विएससिसिएसआइटि बिषय सरु गरेको छ । सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौं उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट...

इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्यका लागि सहयोग

१ कार्तिक २०८२, शुक्रबार १८:१२

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्य तथा ‘लाइफलाइन’ सुचारु गर्न ४० लाखदेखि ६० लाख रुपैयाँसम्म सहयोग गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। आज समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको...

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

१ कार्तिक २०८२, शुक्रबार १५:३६

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा...

द ब्रिटिश कलेज (TBC) ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ घोषित

१ कार्तिक २०८२, शुक्रबार १५:३३

बेलायत। नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि...

नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी हासिल गरेको छ

१ कार्तिक २०८२, शुक्रबार १४:३४

काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ।   यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३...

आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित

१ कार्तिक २०८२, शुक्रबार ११:२८

काठमाडौँ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित हुनुभएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ...