प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानवअधिकार आयोगको आग्रह


काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई ध्यानमा राखेर यस्तो आग्रह गरेको हो।

राजावादीहरुको यही जेठ १५ गते हुने आन्दोलनलाई काउन्टर दिनेगरि प्रधानमन्त्री ओलीले त्यसदिन काठमाडौं ११ बजेदेखि दुई बजेसम्म एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर आयोगले आपत्ति जनाएको हो।

कुनै पार्टीले कुनै ठाउँ कब्जामा लिनुपर्छ भन्ने अभिव्यक्ति विधिको शासनविपरित भएको पनि आयोगको ठहर छ ।