नेपाल टेलिकमको नाफा करिब ३ अर्ब, नेपाल टेलिकमको नाफा घटेको छ


काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा घटेको छ ।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुनलामा ४८.६७ प्रतिशतले घटेर सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपियाँ थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपियाँमा सीमित भएको छ । त्यस्तै, कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपियाँ कायम भएको छ ।

१८ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४१.०२ रुपियाँबाट घटेर २१.०५ रुपियाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपियाँ रहेको छ ।