सडक बोर्ड नेपालद्वारा सञ्चालित देशकै पहिलो आधुनिक सडक सुरुङमार्गमा प्रवेश तथा निकासका क्रममा लाग्ने टोल शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न एन–ट्याग प्रयोग गर्न सकिनेछ। सवारीसाधनको अगाडिको सिसामा जडान गरिने एन–ट्यागलाई प्रवेश तथा निकास गेटमा रहेको उपकरणले स्वतः पहिचान गर्नेछ। त्यसपछि सम्बन्धित ट्यागबाट टोल शुल्क कट्टा भई गेट खुल्ने व्यवस्था गरिएको छ।
एन–ट्याग सानिमा बैंकका देशभर रहेका शाखाबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। साथै, ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत ट्यागमा रकम रिचार्ज गर्न सकिनेछ।
बैंकले काठमाडौं उपत्यकामा मात्र सीमित नरही देशभरका शाखा सञ्जालमार्फत यो सेवा उपलब्ध गराएको जनाएको छ। यसबाट उपत्यकाबाहिरका सवारीधनीले समेत आफ्नो नजिकैको शाखाबाट एन–ट्याग प्राप्त गरी सेवा लिन सक्नेछन्।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए। उनले बैंकको विस्तृत शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म सेवा पुर्याउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
एन–ट्याग तथा सेवासम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखा, बैंकको ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको