पाईपस् एण्ड फिटिङस् नयाँ प्रोडक्टस् बजारमा


ईकोनोमिक खबर, संवाददाता। अरिहान्त ग्रुपले आफ्नो नयाँ उत्पादन “जल” पाईपस् एन्ड फिटिङस् औपचारिक रुपमा बजारमा ल्याएको छ।
“जल” पाईपस् एण्ड फिटिङस्, महालक्ष्मी वायर अरिहान्त ग्रुपको विजनेश युनिट हो ।
कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, जापानको सेकिसुईका निर्देशक र “जल” पाईपस् एण्ड फिटिङस्को ब्राण्ड एम्बास्डर मनिषा कोइरालाबीच कार्यक्रम सम्पन्न भएको थियो।
ब्राण्ड नाम र ट्यागलाईन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आउनुभएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गर्नुभएको थियो ।
“जल” पाईपस् एण्ड फिटिङस् अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।
“जल” पाईपस् एण्ड फिटिङस्बारे बोल्दै जापान सेकिसुइका अतिथिले भन्नुभयोः “जल” पाईपस् एण्ड फिटिङस् गुणस्तर र विश्वासको संकेत हो, हाम्रो उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको प्रोडक्ट दिन र विश्वास लिने हो ।
“जल” पाईपस् एण्ड फिटिङस् जस्तो ब्राण्डको अंग हुन पाएकोमा म निकै खुशी छु “जल” पाईपस एण्ड फिटिङस्की ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले बताईन।
त्यस्तै कार्यक्रमबारे थप प्रष्टपार्दै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले भने, अरिहान्तका धेरै क्षेत्रहरु छन् र हामी पाइप् र फिटिङस् क्षेत्रमा काम गर्न खोजीरहेका छौ । हामीले यो अवसर “जल” पाईपस् एण्ड फिटिङस्बाट पाएका छौ । यसमार्फत हामी के अपेक्षा राख्दछौ भने हाम्रो अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी “जल” पाईपस् खरिद गर्नुहुनेछ । हामीले हाम्रा ग्राहकलाई धन्यबाद दिन चाहान्छौ जसका कारण हामी उहाँहरुका आवश्यकता पुरा गरि अघि बढीरहेका छौं ।
हंसराज जैनले अरिहान्त नामको कम्पनी खोल्नुभयो। त्यसपछि यो सफलता र विश्वासको यात्रा निरन्तर छ । अरिहान्त ग्रुप आज विभिन्न उत्पादन र सेवाको एक स्थापित व्यवसाय बनेको छ । सञ्चालनमा आएको चार दशकमा, यो ग्रुपले नयाँ उचाई चुम्नुका साथै प्रतिस्पर्धामा अब्बल देखिएको छ । व्यवस्थापनको व्यवसायिक दुरदर्शिता र रणनैनिक उदेश्यले कम्पनीलाई देशका राम्रा कम्पनीको समुहमा पार्न सफल भएको छ। १ हजार भन्दा धेरै कर्मचारीहरु कम्पनीको कामप्रति लागिरहनुभएको छ । गिरिस जैन र पारस लुनिया कम्पनीको सफलताका मेरुदण्ड नै हुनुहुन्छ ।
ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त समूहको निती नै हो। किनभने यो समूहले उत्कृष्ट गुणस्तर र ग्राहक सेवाका लागि नाम कमाएको छ। सशक्त आर्थिक क्षमता र ब्यवसायीक रुचीका कारण आगामी दिनमा अरिहान्त समूहले निकै फड्को मार्ने निश्चित छ। अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट हुन्।।