ईकोनोमिक खबर, काठमाडौं। एभरेष्ट बैंक र चिरायू नेशनल हस्पिटल बिच साझेदारीपत्रमा हस्ताक्षर भयो।
नेपालको बसुन्धारा स्थित चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रचलित सफल हस्पिटलको रुपमा चिनिन्छ। सन २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ।
बैंक र हस्पिटल बिच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउँनेछन। यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५प्रतिशत छुट पाउने छन । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ, जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो। हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ। एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ।