राजविराज। अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिन बाध्य भएकी बबिता पासवानको अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव उनको घर पुगेका छन्।
बिहीबार गृहजिल्ला सप्तरी पुगेका मन्त्री यादव राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उनले परिवारसँग घटनाको अवस्थाबारे समेत कुराकानी गरेका थिए।