काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति अवस्था सामान्य बन्दै गएपछि असार ३१ गतेदेखि देशभर पुनः १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुरानै मूल्यमा बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
निगमले जारी गरेको सूचनाअनुसार भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको तथा उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको माग उच्च रहेकाले पुरानै प्रणालीमा फर्किने निर्णय गरिएको हो।