काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्ड मर्क्योर होटेलको आज उद्द्घाटन गर्नुभएको छ ।
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक र्मक्युर होटेल सञ्चालामा आएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले होटेल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाउनुभयो।
“मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौ”, द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत (अजित) ले भने “नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो।
“मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौ”, द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत (अजित)।
मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरू सिर्जना गर्न प्रतिबद्ध छ।”
यात्रुहरूको रोमन देवता मर्क्युरीबाट प्रेरित मर्क्योर होटलहरू सुत्ने ठाउँ मात्र होइनन्, यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरूको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन्।
सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रबर्धन गर्न समर्पित छ।
६० भन्दा बढी देशहरूमा १,००० भन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै गरेको मर्क्योर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्धन गर्न समर्पित छ।