बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, आठ लाख ६३ हजार २०० आवेदकले पाए दश कित्ता
Economic Khabar
७ आश्विन २०८३, बुधबार १६:५८
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। गोलाप्रथाबाट भएको बाँडफाँटमा ८ लाख ६३ हजार २०० भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा परेका प्रत्येक आवेदकको डिम्याट खातामा १० कित्ता सेयर जम्मा हुनेछ।
सेयर नपरेका आवेदकको आवेदनमा रोक्का रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फुकुवा हुने कम्पनीले जनाएको छ।