नेपालमा सार्वजनिक भयो HONOR 600 Series, नाेभा क्लबमा औपचारिक शुभारम्भ
Economic Khabar
१५ जेष्ठ २०८३, शुक्रबार १४:०३
काठमाडौं। स्मार्टफोन ब्रान्ड HONOR ले आफ्नो बहुप्रतीक्षित HONOR 600 Series नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंको ठमेलस्थित चाक्सीबारी मार्गमा रहेको Club Nova मा आयोजित विशेष कार्यक्रममा नयाँ सिरिजको भव्य शुभारम्भ गरिएको हो।
‘A Stellar Night for a Stellar Launch’ नारासहित आयोजित कार्यक्रममा प्रविधि क्षेत्रका प्रतिनिधि, व्यवसायी, मिडिया तथा स्मार्टफोन पारखीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आकर्षक प्रकाश सजावट र सांगीतिक माहोलबीच HONOR ले आफ्नो नयाँ स्मार्टफोन सिरिजका विशेषता प्रस्तुत गरेको थियो।
कम्पनीका अनुसार HONOR 600 Series मा फ्ल्यागसिपस्तरको प्रदर्शन, शक्तिशाली ब्याट्री क्षमता र उच्च गुणस्तरको डिस्प्ले समावेश गरिएको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको यो सिरिजले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
कार्यक्रममा HONOR का प्रतिनिधिहरूले नयाँ सिरिजका प्रविधिगत विशेषता, डिजाइन र कार्यक्षमताबारे जानकारी दिँदै नेपाली बजारमा यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।
HONOR 600 Series को आगमनसँगै नेपाली स्मार्टफोन बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ। कम्पनीले निकट भविष्यमा उपलब्ध मोडेल, मूल्य र बिक्री सम्बन्धी थप विवरण सार्वजनिक गर्ने जनाएको छ।