Insurance

बाढीपीडित व्यवसायलाई राहतको नयाँ व्यवस्था : प्रारम्भिक मूल्यांकनमै ५० प्रतिशतसम्म अग्रिम बीमा भुक्तानी

२३ भाद्र २०८३, मंगलवार १९:३४

काठमाडौं । सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित उद्योग, व्यापार र व्यवसायलाई शीघ्र पुनःसञ्चालनमा ल्याउने उद्देश्यसहित बीमा दाबी प्रक्रियामा विशेष सहजीकरण गर्ने भएको छ। प्रभावित व्यवसायीले अब प्रारम्भिक क्षति मूल्यांकनकै आधारमा बढीमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी प्राप्त गर्न...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

१२ भाद्र २०८३, शुक्रबार १३:२३

काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु: राजेन्द्र महर्जन, बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख

८ भाद्र २०८३, सोमबार ०३:३०

कोशी। ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’  कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको...

सानिमा रिलायन्स लाईफको ‘Vision to Value 2083’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

२८ श्रावण २०८३, बिहीबार १०:३८

काठमाडौं। एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यलेआयोजित सानिमा रिलायन्स Vision to Value 2083 program, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया...

बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

२३ असार २०८३, मंगलवार ०२:३६

विराटनगर। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाल...

मूल्य घटेपछि निजी पम्पमा इन्धन बिक्री रोकियो, सरकारी पम्प बने उपभोक्ताको सहारा

१९ असार २०८३, शुक्रबार ००:०१

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका विभिन्न स्थानमा केही निजी पेट्रोल पम्पले केही समयका लागि इन्धन बिक्री रोकेको घटना देखिएको छ। मूल्य समायोजन लागू भएसँगै पुरानो मूल्यमा खरिद गरिएको मौज्दातबाट घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री स्थगित...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रतिष्ठित अवार्डबाट सम्मानित

७ असार २०८३, आईतवार १५:४३

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड बाट सम्मानित भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा...

बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३० जेष्ठ २०८३, शनिबार ०४:०६

विराटनगर। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

११ जेष्ठ २०८३, सोमबार १९:१६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यो पुनर्जागरण अभियान जेठ...