Economic News

भारतीय राजदूतावासको सहयोगमा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

२४ चैत्र २०८०, शनिबार १७:५५

भारतीय राजदूतावासको सहयोगमा नेपालको खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका स्थित श्री शारदा माध्यमिक विद्यालयको भवन तथा  छात्रावास भवनको आज उद्घाटन भयो ।  यसकार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय...

नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको अनुमान

२१ चैत्र २०८०, बुधबार ०८:५३

काठमाडौँ, चैत २१ गते । विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको बैङ्कले जनाएको छ ।  विश्व बैङ्कले...

आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै बङ्गलादेशमा प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना

२० चैत्र २०८०, मंगलवार २२:०७

काठमाडौँ । लगानी बोर्डको कार्यालयले बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगको सहकार्यमा आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै शनिबार प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको छ । उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा...

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

१९ चैत्र २०८०, सोमबार २१:४९

चितवन। नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो। दुई दिनको सम्मेलनमा भएका वृहद...

आब २०८१/८२ को बजेट लेखनमा जुट्यो् अर्थ मन्त्रालय

१९ चैत्र २०८०, सोमबार १६:१७

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा अर्थ मन्त्रालय जुटेको छ । मन्त्रालयले बजेटका लागि सुझाव माग गर्दै अनावश्यक मन्त्रालय प्रवेश नगर्न पनि अनुरोध गरेको छ । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका...

 ‘सरकारको प्राथमिकतामा कृषि छ’: मन्त्री साह

१७ चैत्र २०८०, शनिबार २३:२५

चितवन।  नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरु भएको छ।   चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गर्नुहुँदै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा...

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड ईन्डस्ट्री (एनआईसीसीआई)कोे १०औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

१७ चैत्र २०८०, शनिबार १९:१०

काठमाडौं।नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले यही चैत्र १६गते काठमाडौंको होटल बाराहीमा आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  यस कार्यक्रम इटाली र नेपाल बीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा...

सरकारको निर्णय : तोकियो चैते धानको समर्थन मूल्य, वित्तीय समानीकरण अनुदान स्वीकृत

१५ चैत्र २०८०, बिहीबार २१:२३

काठमाडौँ / सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय सात २८ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको हो। साथै १८ प्रतिशतभन्दा...

जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने

१५ चैत्र २०८०, बिहीबार २१:१२

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा...