Business

जावलाखेलमा पुष्प मेला शुरु, आयातमा प्रतिस्थापन, निर्यात प्रबर्दनमा केन्द्रित

११ चैत्र २०७८, शुक्रबार ०५:०३

ईकोनोमिक खबर, काठमाडौं। स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नाराका साथ २३ औं पुष्प मेला(फ्लोरा एक्स्पो) आज देखि सुरु भएको छ । मेलाको उद्घाटन गर्दै वागमति प्रदेशकी कृषि तथा पशुपक्षी विकास मन्त्री इन्द्र माया गुरुङले पुष्प व्यवसायको...

‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क 

९ चैत्र २०७८, बुधबार १७:०३

काठमाडौं, ९ चैत ।इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ। कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।  हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन्। सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ ।  नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ। त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ। चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ ।  त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ ।  बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ ।  कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ। काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।  त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन्।  ‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित

२२ फाल्गुन २०७८, आईतवार ०५:०३

ईकोनोमिक खबर, काठमाडौं।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे”मनाएको छ। उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन,...

स्टार्टअप विषयमा परिसंघको छलफल

५ फाल्गुन २०७८, बिहीबार ०४:०२

ईकोनोमिक खबर, काठमाडौं। नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तयगरी नीतिनिर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल कार्यक्रम आयोजना गरेको छ । सरकारले स्टार्टअप ब्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चलान गर्न लागे पनि यसको अहिले सम्म स्पष्ट परिभाषा...

कोरोनाको तेश्रो लहरसँग जुध्ने पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव

११ असार २०७८, शुक्रबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं।अब कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक श्ौया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको...

नर्भिकको ओपीडी आइतबार देखि पुनःसंचालन

२९ जेष्ठ २०७८, शनिबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं।  नर्भिक इन्टरनेशनल अस्पतालले आउने आइतबार देखि बन्द रहेको ओपिडी सेवा पूर्णरुपमा पुनः संचालनमा ल्याउने भएको छ। कोभिड १९ को दोश्रो लहरको संक्रमण तिब्ररुपमा बढेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिक अस्पतालले ओपिडी सेवा बन्द गरेको थियो। पछिल्लो...

बुधवार बाट अत्यावस्यक साम्रगीको अनलाइन डेलिभरी सुचारु हुने, प्रशासनको मौन समर्थन ।

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। महामारीका बेला घर घर सम्म पुगेको अनलाइन डेलिभरि बुधबारबाट सुचारु हुने भएको छ। अत्यावस्यक साम्रगीलाई घर घर सम्म पुर्याउने निर्णय भएको इ कमर्शहरुको छाता संस्थाले बताएको छ । स्थानिय प्रशासनको मौन समर्थन पछि औषधी, खाद्यवस्तु, दुग्धजन्य वस्तु...

पेट्रोल २ रुपैंया महँगो, अन्य ईन्धनको मुल्य यथावत

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने भएको छ। अन्य ईन्धनहरु डिजेल, मट्टीतेल, हवाई ईन्धन र एलपिजिको मूल्य यथावत रहेको जनाएको छ। यो मुल्य भदौ १६ गते मंगलबार राति १२ बजे देखि लागु हुने भएको छ।...

कोभिड महामारीमा होम डिलिभरी तथा ई-कमर्स, अनलाईन ब्यापार ब्यवसाय गर्न दिन परिसंघ युवा उद्यमीको माग

१५ भाद्र २०७७, सोमबार १७:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले हालै कोभिड १९ को संक्रमण बढदै गएको अवस्थालाई उपत्याकामा बन्दाबन्दि तथा निषेधाज्ञामा सामाजिक दुरि कायम हुने, उपभोक्ताहरुको भिडभाड कम हुने ब्यापारको रुपमा ई-कमर्स व्यवसाय हो। राज्यले यसलाई निश्चित नियममा रहि संचालन तथा त्यस अन्तरगत होमडिलिभरीको व्यवस्थामा...

ताजा समाचार