कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त


काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ ।

डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ।

त्यो पनि दुई पटक नै चैत्र २५ गते।

२०७८ साल चैत्र २५ गते तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गरी समिति बनाएपछि स्वतः निलम्वनमा परेकाले डेपुटी गभर्नर निलम ढुंगानाले कामु गभर्नर पद सम्हालेकी थिईन्।

यस पटक हिजो अर्थात २०८१ चैत्र २५ गते निलम ढुंगानालाई दोस्रो पटक कामु गभर्नरको जिम्मेवारी प्राप्त भएको छ।

यही चैत्र २२ गतेदेखि रिक्त गभर्नरको पदमा सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि कामु गभर्नरको दोस्रो कार्यकाल सम्हाल्ने जिम्मेवारी ढुंगानालाई प्राप्त भएको हो ।

अब नयाँ गभर्नरले कार्यभार सम्हाल्नुअघिसम्म कामु गभर्नरको जिम्मेवारी ढुंगानाले निर्वाह गर्नेछिन् ।