तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ


धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन्। यी सबै व्यक्ति उपर कर्जा अपचलन गरेको आरोप लागेको छ।

सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।