काठमाडौं। २६ फेब्रुअरी, २०२४, नेपालको लागि BYD auto industry को अधिकृत वितरक Cimex Inc. Pvt. Ltd. ले UEFA EURO 2024 को अवसरपारी 'नेपाली अब यूरोकपमा स्किम' लिएर आएको छ। BYD, UEFA EURO 2024 को अधिकृत e-mobility पार्टनर भएकाले, यस स्किमले BYD का फुटबलप्रेमी ग्राहकहरुलाई जर्मनीमा गई प्रत्यक्ष UEFA EURO 2024 का रोमान्चक खेलहरु हेर्ने मौका दिनेछ।
UEFA युरो २०२४ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा भव्यताका साथ आयोजना गरिंदैछ। UEFA (Union of European Football Associations) र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता BYD बीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलो पटक भएको महत्वपूर्ण साझेदारी सम्झौता हो।
नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध Cimex Inc. Pvt. Ltd.का अनुसार ११ भाग्यशाली विजेताहरुले UEFA EURO 2024 मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्। यस स्किमद्वारा आफ्ना प्रिय ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य BYD ले राखेको छ।